काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नाै हजार ६२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९३६ वटा एन्टीजेन परीक्षण गर्दा २९४जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.८६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २१ हजार ५२४ जना छन् ।

सम्बन्धित खबरहरु