काठमाडौं । विद्यालयको भवन भत्काउँदै गरेको बेला एक जनाको मृत्यु भएको छ ।

पुरानो भएको विद्यालय भवन भत्काउँदै गरेको बेला पोखरामा एक मजदुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार भारत घर भई पोखरामा रहेर मजदुरी गर्दै आएको २० वर्षीय रितेश रामको मृत्यु भएको छ ।

सोमबार दिउँसो रितेशले पोखरा महानगरपालिका–१३ बाँझापाटनमा रहेको विद्यालय भवन भत्काउदै थिए ।

उनले बालकल्याण माध्यमिक विद्यालयको पुरानो भएको पर्खाल भत्काइरहेका थिए । पर्खाल निकै पुरानो भएका कारण एक ठाउँबाट भत्काउँदा धेरै भाग भत्किएको हो ।

भत्किएको पर्खालमा परी घाइते भएका रितेशलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पतालमा लगिएको भए पनि उनलाई बचाउन सकिएन् ।

सम्बन्धित खबरहरु