काठमाडौं । राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको पुष्टि गर्नुभयो ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका छन् । एक मन्त्रीका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजदूतलाई फिर्ता बोलाइएको छ ।

अर्कोतिर नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर काम गरिरहेको जानकारी दिनु भएको छ । उहाँका अनुसार सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइने छ ।

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले यस्तो बताउनुभयो ।

सम्बन्धित खबरहरु