काठमाडौं । मराठी फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री ईश्वरी देशपाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ । रिपोर्ट अनुसार, २५ वर्षीया अभिनेत्रीको कार बागा–कलंगुट, गोवामा दुर्घटनाग्रस्त भयो ।

सोही क्रममा कारमा उपस्थित उनका साथी २८ वर्षीय शुभम देगडेको पनि दुर्घटनामा मृत्यु भयो । जानकारी अनुसार उनीहरु दुबैको गहिरो पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरी उत्तर गोवाको अर्पोरा क्षेत्रमा गहिरो पानीमा डुबेको कार भित्रबाट दुई जनाको लाश बरामद गरेको छ । प्रहरीका अनुसार दुर्घटना हुनु अघिल्लो रात उनीहरु एउटा क्लब गएका थिए ।

शुभम देगडे पुणेको किर्कटवाडी क्षेत्रका निवासी थिए, जबकि ईश्वरी देशपाण्डे पनि पुणेमा बस्थिन् । दुबैको परिवार दुर्घटनाको जानकारी प्राप्त हुने बित्तिकै पुणे बाट गोवा पुग्यो ।

ईश्वरी देशपाण्डे एक प्रसिद्ध मराठी अभिनेत्री थिइन् । उनले धेरै फिल्महरुमा काम गरिसकेकी छिन् ।

हालै ईश्वरी एक हिन्दी र एक मराठी फिल्ममा काम गरीरहेकी थिइन् । उनको मराठी फिल्मको छायांकन लगभग पूरा भैसकेको थियो ।

सम्बन्धित खबरहरु