सीएनएन । विश्वचर्चित काइली जेनर फेरी गर्भवती भएकी छिन् । उनी दोस्रो पटक गर्भवती भएको आज पुष्टि गरेकी छिन् । र्यापर ट्रेविस स्कटबाट उनले दोस्रो बच्चा जन्माउँदै छिन् ।

२४ वर्षीया रियालिटी स्टार र मेकअप व्यवसायी काइलीले इन्स्टाग्राम एकाउन्टमा यर्भवती प्रमाणित भएको एउटा भिडियो पोस्ट गरेर यो खबर सार्वजनिक गरेकी थिइन् । जहाँ उनले गर्भावस्थाको प्रारम्भिक चरणको फुटेज सेयर गरेकी थिइन्।

जेनर स्कटका लागि एक सकारात्मक खबर छ भन्दै दुबैले गर्भ जाँच गराइरहेको देखिन्छ । दम्पती अर्को क्लिपमा अल्ट्रासाउन्ड परीक्षण गराई रहेका देखिन्छन् ।

उनीहरुकी ३ वर्षीया छोरी वेबस्टर साथमा नै देखिन्छिन् । अर्को दृश्यमा जेनरले गर्भावस्थाको खबर आमा क्रिस जेनरलाई बताइरहेको देखिन्छ । अल्ट्रासाउन्ड तस्वीरहरु हेरिरहेको समेत देखिन्छ ।

भिडियोमा स्टर्मीले काइली जेनरको बेबी बम्प चुम्बन गर्छन् । किम कार्दशियन र जेनर वंशका सदस्यहरू हुन् । बहिनी मोडल केन्डल जेनरलेपनि बधाई दिएकी छिन् ।

जेनरले आफ्नो पहिलो गर्भावस्था बेबी स्टोर्मी बारे चै गोप्य राखेकी थिइन् । फेब्रुअरी २०१८ मा मात्र उनले बच्चा जन्माएको कुरा बाहिर आएको थियो ।

उनको जन्म भएको तीन दिन पछि मात्र खबर बाहिर आएको थियो । उनले आफ्नो दोस्रो गर्भावस्थाको बारेमा भने कुनै गोप्यता राखिनन् ।

सम्बन्धित खबरहरु