काठमाडौं । एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको लाश फेला परेको छ ।

तनहुँको शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी १९ वर्षीया युवती पवित्रा लम्सालको लाश फेला परेको हो ।

सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको लाश भिमाद ७ स्थित सेती किनारामा भेटिएको हो ।

प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले यसको पुष्टि गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरिक्षक केसीका अनुसार लाश आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।

जानकारी अनुसार सेतीमा हाम फाल्नु अघि उनी आफ्ना दुई साथीलाई टिकटक बनाउने बहाना बनाएर त्यहाँ पुगेकी थिइन् ।

उनी नदीमा खसेपछि संगै गएका साथीहरुले स्थानीय मार्फत प्रहरीलाई खबर गरिएको थियो ।

नदीतर्फ जाँदै गर्दा लम्साललाई साथीहरुले चिच्याउँदै नजान आग्रह गरेको भिडियो बाहिर आएको छ ।

तर, लम्सालले साथीहरुको आग्रहको बेवास्ता गर्दै सेती नदी किनारमा पसेकी थिइन् । उनी बेपत्ता भएपछि प्रहरीले नदी किनारामा खोजी कार्य जारी राखेको थियो ।

सम्बन्धित खबरहरु