काठमाडौं । निरन्तरको वर्षापछि आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो । गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरकमा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घटनाबारे जानकारी दिनुभयो ।

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएको लाश स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

उनीहरुको लाशलाई अहिले गुल्मी अस्पतालमा पोष्ट मार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु