काठमाडौं । दक्षिणपूर्वी अस्ट्रेलियामा ६ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।

स्थानीय सयम बिहान ९ः१५ बजे (नेपाली समय ५ बजे तिर) सो भूकम्प गएको बीबीसीले जानकारी दिएको छ ।

छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो ।

अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोही पनि गम्भीर घाइते नभएको जानकारी दिनु भएको छ ।

त्यो खुशीको खबर भएको उहाँको भनाई रहेको छ । तर देशको दोस्रो सबैभन्दा ठूलो शहरमा भवनहरु क्षतिग्रस्त भएका छन् ।

अस्ट्रेलिया आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्धको महादेश अर्न्तगत पर्ने एउटा देश हो ।

जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो, जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् ।

अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ ।

यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

सम्बन्धित खबरहरु