काठमाडौं । प्रायः गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रिक बढ्दै गएको छ । समयमा खाना नखानाले वा खानपानको समय नमिल्दा अक्सर यस्तो समस्या देखिन्छ । खाना खाँदा पनि चिल्लो पिरो पर्याप्त मात्रामा खाँदा रोगको शिकार हुन सकिन्छ ।

यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यस्लाई अलिक खत्तरानाक रोग नै मान्ने गरिएको छ ।

मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग लाग्न सक्छ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । आज हामी यस्को केही घरेलु उपचार लिएर आएका छौँ ।

  • अल्सर रोग लागेको हो कि होईन भनेर कसरी थाहा पाउने ?
  • अल्सर रोग लाग्यो भने छात्ति वा पेटको माथिपट्टीको भाग दुख्छ ।
  • खाली पेट अथवा खाना खाइसकेपछि दुखिरहन्छ ।
  • बान्ता आउला कि जस्तो हुन्छ, बान्ता आयो भने आराम मिल्छ ।
  • खोक्दा कहिलेकाँही रगत पनि आउन सक्छ ।
  • अल्सर रोग लागेको कस्तो खानेकुरा खाने ?
  • चिसो दुध पटक–पटक गरी दिनमा ७÷८ कप पिउनुपर्छ ।
  • एकैपटक धेरै खाना नखाने, थोरै थोरै ४÷५ पटकसम्म खानुपर्छ ।
  • खानमा दुध, दाल, भात, मुगको दाल, स्याउदाना, जाउलो खानुपर्छ ।
  • फलफूलमा जस्तै अंगुर, पाकेको केरा, स्याउदाना, गाँजर खानुपर्छ ।
  • प्रोटिनमा अण्डा, पनिर, दाल खानुपर्छ ।
  • अल्सर रोग लाग्दा कस्तो खानेकुरा नखाने ?
  • अत्याधिक तातो र चिसो खानेकुरा खानु हुँदैन ।
  • पिरो, मसलाको मात्रा धेरै भएको, चर्को तरकारी, अमिलो दही र मही खानु हुँदैन ।
  • पेय पर्दाथमा नशाजन्य पर्दाथ, गाढा रंग हालेको चिया र कफी सेवन गर्नु हुँदैन ।
  • तेलमा तारेको अत्याधिक चिल्लो खानेकुरा खानु हुँदैन ।
  • अल्सर रोग लाग्दा के–के नगर्ने ?
  • धेरै बेर भोकै बस्नु हुँदैन ।
  • मानसिक चिन्ता तनावहरु सबै छोड्नुपर्छ ।
  • राती अनिदो धेरै बेरसम्म बस्नु पनि हुँदैन ।
  • छाती दुख्यो भनेर मनपरी औषधि खानु हुँदैन ।
  • कालो चियाको प्रयोग बिल्कुल बन्द गर्नुपर्छ ।
  • दिउँसो सुत्ने बानी भए तत्काल हटाउनुपर्छ ।
  • अल्सर रोग लागेमा आफैंले गर्न सक्ने उपचार
  • शारीरिक तथा मानसिक रुपमा आराम गर्ने बानी बसाल्नुपर्छ ।
  • खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खानुपर्छ ।
  • सधैं तनावमा बस्नु हुँदैन ।
  • हाँस्न सिक्ने, खुःशी भएर बस्ने गर्नुपर्छ ।
  • स्वास्थ्यका लागि आवश्यक व्यायम नियमित गर्नुपर्छ ।

विशेष अनुरोध, माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि अल्सरजस्तो घातक रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक

सम्बन्धित खबरहरु