काठमाडौं । अहिलेको अवस्थामा धेरै मानिसलाई उच्च रक्तचाप अर्थात ब्लड प्रेसरले निकै सताएको पाइन्छ । यो रोग मुटुको तल्लो भागमा रहेको प्रकोष्ठमा संकुचन भएर प्रत्येक धड्कनसँग धेरै दबाब उत्पन्न हुन्छ ।

सिस्टोलिक मांसपेशीको र डायस्टोलिक मांसपेशीको दबाबलाई नै उच्च रत्तचाप भनिन्छ । स्वस्थ्य युवको ब्लड प्रेसर ८०–१२० मि.मी. मर्करी हुन्छ । १५० भन्दा माथिको ब्लड प्रेसरलाई हाईं ब्लड प्रेसर भनिन्छ ।

यो रोगको कारणले धेरै मानिसको अकालमा मृत्यु पनि हुने गरेको छ । यसरी उच्च रक्तचाप हुनबाट बच्नका लागि हामीले घरेलु उपचार विधि लिएर आएका छौँ । आफ्नो उपचार आफैं गर्न सकिन्छ ।

  • उच्च रक्तचापको लक्षण के हुन् ?
  • दुबै भागको टाउको दुख्छ ।
  • टाउको भारी हुन्छ ।
  • चक्कर आउन लागेजस्तो भएर थकाईको महसुस हुन्छ ।
  • शारीरिक कसरत गर्न मन लाग्दैन ।
  • निन्द्रा बिल्कुल लाग्दैन् ।
  • आँखामा रगको मात्रा देखिन्छ ।
  • टाउकोको नशा फरफराउने समस्या हुन्छ ।
  • समय समयमा डर लागेजस्तो हुन्छ ।
  • मुटु दुखिरहने, हातखुट्टाका नशा पनि झनझनाउने गरिरहन्छ ।
    अनुहार नरमाइलो हुन्छ ।
  • युवतीको हकमा नाक अथवा तल्लो पेटबाट रगत बग्छ ।
  • सास लिनलाई असाध्यै गाह्रो भएजस्तो हुन्छ ।
  • उच्च रक्तचाप लाग्नुको कारण के हो ?
  • मनमा धेरै चिन्ता, शोक र क्रोध आदिको कारणले हुन्छ ।
  • मानसिक आघात पर्नाले पनि हुन सक्छ ।
  • रगतमा कोलस्ट्रोलको मात्रा बढ्नाले पनि उच्च रक्तचाप हुन्छ ।
  • धेरै मोटो हुँदा रक्तचाप हुन्छ ।
  • धेरै खाना खानु, मानसिक चिन्ताको तुलनमा शारीरिक कसरत नगर्नु पनि उच्च रक्तचापको कारण हुन सक्छ ।
  • धेरै नुनको मात्रा खानु, आदि पनि उच्च रक्तचापका कारण हुन्छन् ।
  • उच्च रक्तचाप लागेको कस्तो खानेकुरा खानुपर्छ ?
  • खानको मात्रामा सादा खाना मात्रै खानुपर्छ ।
  • गहुँ वा चनाको पिठो बराबर मिसाएर बनाएको रोटी खुबै चपाएर खानुपर्छ ।
  • फलफूलमा स्याउ, मेवा, अमला, बेल, खरबुजा, सुन्तला र केरा खानुपर्छ ।
  • आलु, पुदिना, लौका, ताजा हरियो सागपात, फर्सी, बन्दागाकोभी, काँचो दुध, दहि इच्छा अनुसार खानुपर्छ ।
  • दिन दिनै लसुनको तीन देखि चार केस्रा छोडाएर चपाउने अनि मनतातो पानीसँग निल्नुपर्छ ।
  • युवा अवस्थामा नै उच्च रक्तचाप रोग लाग्यो भने सोयाविनलाई राती भिजाउने बोक्रा निकाली गहुँ र भटमासको पिठोको रोटी बनाएर खानुपर्छ ।
  • उच्च रक्तचाप हुँदा कस्तो खानेकुरा नखाने ?
  • धेरै पिरो खानु हुँदैन ।
  • मसालको मात्रा धेरै भएको खानेकुरा पनि खानु हुँदैन ।
  • बासी, अनि चिसो खाना नखाने गर्नुपर्छ ।
  • माछा, मासु, अण्डा खानु हुँदैन ।
  • चिया र कफी, रक्सीसहित अन्य नशाजन्य कुराहरु छोड्नुपर्छ ।
  • खैनि, सुर्ति, गुड्खा, पानपराग आदि पनि तत्काल छोड्नुपर्छ ।
  • धेरै मात्रामा चिल्लो भएको दुध र मख्खन पनि खानु हुँदैन ।
  • नुन पनि बार्नुपर्छ ।
  • उच्च रक्तचापको घरेलु उपचार के हो ?
  • मोटोपन कम गर्नाका लागि बिहान मर्निङ वाक गर्नुपर्छ । कम्तीमा पनि ४ देखि ५ किलोमिटर हिड्नुपर्छ ।
  • व्यायम नियमित गर्नुपर्छ ।
  • समय समयमा आराम तथा मनोरञ्जन गर्नुपर्छ ।
  • तनाब छोडेर सधैं खुःशी रहनुपर्छ ।
  • कब्जियत हुन दिनु हुँदैन ।
  • नियमित रुपमा शरीरको मालीस गर्नुपर्छ ।
  • मनतातो पानीले नुहाएर तौलियाले आफ्नो शरीर ५ मिनेटसम्म माड्नुपर्छ ।
  • रुद्राक्षको माला लगाउनुपर्छ ।

विशेष अनुरोध, माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि उच्च रक्तचापजस्तो घातक रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक

सम्बन्धित खबरहरु