काठमाडौं । विशेष गरेर बच्चाको पेटमा धेरै जुका (पेटमा रहको किरा) पाइन्छ । तर कहिलेकाँही ठुला मानिसहरुमा पनि जुका पर्ने समस्या देखिन्छ । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहारको पोषण तत्व सबै जुकाले खान्छ ।

बच्चा दुब्लो, पात्तलो र ख्वाउरो देखिन्छ । जुका रोकथाम समयमा नै गर्न सकिएन् भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदि पनि हुन सक्छ ।

अर्कोतिर ठुला मान्छेको शरीरमा जुका पस्यो भने शरीर मरनच्यास हुनुका साथै ख्यौटे देखिन्छ । जुकालाई समयमा नै घरेलु उपचार विधि लगाएर तपाईं निको हुन सक्नुहुन्छ ।

  • जुका पर्ने कारण ?
  • नङ टोक्ने बानीले गर्दा जुकाको समस्या देखिन्छ ।
  • हात नधाईकन खानेकुरा खाने गर्नाले पनि जुकाको समस्या हुन्छ ।
  • भुईमा झरेको खानेकुरा खाने गर्दा जुका पर्न सक्छ ।
  • काँचो मासु खाँदा पनि जुकाको समस्या देखिन सक्छ ।
  • धेरै पाकेको केरा वा गुलियो पर्दाथ खानु पनि जुकाको कारण बन्न सक्छ ।
  • फलफूलमा आरु धेरै खाँदा पनि जुका पर्न सक्छ ।
  • जुका परेको कसरी पत्ता लगाउने ?
  • रोगी दुब्लो, पात्तलो हुँदै जान्छ ।
  • अनुहार पहेँलो देखिन्छ ।
  • बारम्बार नाक र गुदद्धार चिलाउछ ।
  • रोगीको आँखामुनि कालो घेरो पर्दछ ।
  • निन्द्रामा दाँत किट्किटाउनु पनि जुका परेको लक्षण हो ।
  • ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु जुकाको अर्को लक्षण हो ।
  • सानो सानो कुरामा जिद्दी बन्नु, रुनु, कराउनु पनि यसका लक्षण हुन् ।
    हातखुट्टा चिसो बन्नु, बरफजस्तो बन्नु पनि जुका परेको लक्षण हो ।
  • जुका परेको बेला कस्तो खाना खानुपर्छ ?
  • काँचो नरिवल र नरिवलको पानी सधैं खानुपर्छ ।
  • टमाटर, गाँजर र बेथुको रस एक–एक गिलास गरेर सधैंजसो बिहान बेलुका एक–एक गिलास पिउनुपर्छ ।
  • पुरानो चामलको भात, मुँगको दाल, मुसुरो र रहरको दाल खानुपर्छ ।
  • ४÷५ वटा लसुनका केस्रा बिहान बेलुका महसँग मिलाएर खानुपर्छ ।
  • करेला, तुलसी, पुदिनाको रस नुन मिलाएर एक गिलास खाना खाएपछि खानुपर्छ ।
  • पीठोमा नुनर सोडा मिसाएर बनाएको रोटी खानुपर्छ ।
  • जुका पर्दा के खानु हुँदैन ?
  • राम्रोसँग धोएर मात्रै खानेकुरा खाने गर्नुपर्छ ।
  • माछा, मासु राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।
  • बेसनबाट बनेको चिज, तारेको भुटुवा खानु हुँदैन ।
  • तिल, आलु काँचो खानु हुँदैन ।
  • चीनी, गुलियो पर्दाथ, सख्खर, सर्बत, चक्लेट र मह कम खानुपर्छ ।
  • जुकाको घरेलु उपचार के हो ?
  • पिउने पानी फिल्टर गरेर वा तताएर मात्रै पिउनुपर्छ ।
  • पेट सफा राख्न नियमित दिसा गर्नुपर्छ, दिसा रोकेर राख्नु हुँदैन ।
  • जैतुनको तेल घासलेट, मट्टीतेल वा हिङलाई पानीमा मिलाएर कपालको
  • टुक्रा पानीमा भिजाउने र गुदद्धारमा छिराउने गर्नुपर्छ, यसो गर्दा जुका मर्न सक्छ ।
  • सकेसम्म छिटो औषधिको सेवन गरिहाल्नुपर्छ ।

विशेष अनुरोध, माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि जुकाजस्तो घातक रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक

सम्बन्धित खबरहरु