काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जान खोज्दा जालझेल गरेर आफूलाई हटाइएको आरोप लगाउनुभएको छ ।

बुधबार नेकपा (एमाले)को वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गर्नुहुँदै सो भनाइ राख्नुभएको हो ।

अध्यक्ष ओलीले आफ्नो सरकारले विकास निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाएको बताउँदै अहिलेको सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनतालाई ढाँटेको आरोप लगाउनुभयो ।

विगतमा नेकपा एमाले कसैको बैशाखी टेकेर अगाडि नबढेको स्मरण गर्नुहुँदै उहाँले अहिले त्यस्तो अवस्था अहिले पनि नभएको दाबी गर्नुभयो ।

यसैबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ।

नेपालगञ्जमा बुधबार दिउँसो आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकारबाट हटाएपनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गर्नुभयो ।

सम्बन्धित खबरहरु