काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु बैठक बस्न लागेको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज (बिहीबार) पनि बस्ने भएको हो ।

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने जानकारी दिइएको छ ।

बैठक अपराह्नतिर बस्ने नेताहरूले बताएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका बसेको गठबन्धन बैठक बसेको थियो ।

सो बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुनु भएको थियो ।

सरकार गठन भएको दुई बितिसक्दासम्म देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि चर्को आलोचना हुने गरेको छ ।

सम्बन्धित खबरहरु