काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिवको टुंगो लगाएको छ ।

नेकपा एकीकृत समाजवादीले महासचिवमा बेदुराम भुसालको नाम पक्का गरेको हो ।

बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) को महासचिव बन्नुहुने भएको छ ।

सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिनुभयो ।

ति नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ ।

भुसाललाई महासचिव बनाउने सहमति सचिवालयका नेताहरुबीच जुटेको बताइएको छ ।

मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

अर्कोतिर एकीकृत समाजवादीमा चार जना उपाध्यक्ष रहनु भएको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई हुनुहुन्छ ।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन हुनुभयो । सो पार्टीले चार जना नै सचिव बनाएको छ ।

सचिवहरुमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री रहनु भएको छ । केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु