काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाउँदै झाँक्रीसहित अन्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको हो ।

एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो ।

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन हुनु भएको छ । एकीकृत समाजवादीमा चार जना उपाध्यक्ष रहनु भएको छ ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई हुनुहुन्छ ।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन हुनुभयो । सो पार्टीले चार जना नै सचिव बनाएको छ ।

सचिवहरुमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री रहनु भएको छ ।

केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु