काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक दुई दिनसम्म चल्ने जानकारी दिइएको छ ।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि पनि केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ ।

सम्बन्धित खबरहरु