काठमाडौं । संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्ध आज सुनुवाइ हुँदैछ । लामो समयदेखि चर्चामा रहेको यस मुद्दालाई लिएर विवाद पनि बढ्दै गएको छ ।

संवैधानिक नियुक्तिसम्बनधी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

बिहीबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकेको सर्वोच्चले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश हरिप्रसाल फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु