काठमाडौं । प्रहरीले चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन अनुरोध गरेको छ । प्रहरीले सतर्क गराएको हो ।

चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यस समयमा चोरीलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको हो ।

पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

अर्कोतिर कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

सम्बन्धित खबरहरु