काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय सत्ता गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिजोको सत्ता गठवन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो ।

तर, सत्ता गठवन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठवन्धनलाई कमजोर हुन नदिने संकल्प गरिएको पनि उहाँले बताउनुभयो ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ल्याएर गठवन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ ।

तर हामी गठवन्धन नै बनाएर अर्को चुनावसम्म जाने संकल्प गरेका छौँ, अध्यक्ष प्रचण्डले बताउनुभयाे ।

सम्बन्धित खबरहरु