काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले महत्वपूर्ण सूचना जारी गरेको हो ।

त्रिविले तीन सेमेष्टरको एम.एड. (विज्ञान शिक्षा) तथा दुई सेमेष्टरको पोष्ट–ग्राजुयट डिप्लोमा (सामाजिक अध्ययन शिक्षा र गणित शिक्षा) कार्यक्रममा भर्नाको लागि सञ्चालन हुने प्रवेश परीक्षाको कार्यतालिका संसोधन गरिएको सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौंमा मात्रै शैक्षिक सत्र २०७७÷०७८ मा अनलाइन माध्यमबाट अध्ययन अध्यापन हुने तीन सेमेष्टरको एम.एड. (विज्ञान शिक्षा) तथा दुई सेमेष्टरको पोष्ट–ग्राजुयट डिप्लोमा (सामाजिक अध्ययन शिक्षा र गणित शिक्षा) कार्यक्रममा भर्नाको लागि सञ्चालन हुने प्रवेश परीक्षाको कार्यतालिका देहाय बमोजिम संसोधन गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु