काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले परीक्षाफल प्रकाशित गरेको हो ।

नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ भाद्र २९ देखि मिति २०७८ असोज ०६ सम्म सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको प्रथमसत्र पुनः परीक्षा–२०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्ययानुसार प्रकाशित गरिएको छ ।’

यस्तै, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ भाद्र ३१ देखि मिति २०७८ असोज ०६ सम्म सञ्चालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको प्रथमसत्र पुनः परीक्षा–२०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्ययानुसार प्रकाशित गरिएको छ ।’

अर्कोतिर त्रिविले उक्त परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र पुनर्योगको लागि निवेदन दिन अनुरोध गरेको छ । त्रिविले सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको भन्दै भुलवश त्रुटि देखिएमा मुल अभिलेख अनुसार सच्चाउने जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु