काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको हो । त्रिविको परीक्षा शुरु हुने समय बिहान ११ः०० बजे तोकिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस संकायद्धारा मिति २०७८।०६।१५ गतेदेखि २०७८।०६।२० गतेसम्म सञ्चालन हुने Master of Business Studies(MBS) तथा Master of Public Administration (MPA) कार्यक्रमको चौथो सत्रको पुनः (मौका) परीक्षा–२०२१ को परीक्षा केन्द्र देहाय अनुसार निर्धारण गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै, त्रिविले सबै परीक्षा केन्द्रहरुले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु जस्तैः मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था र सामाजिक सुरक्षाको मापदण्ड अनिवार्य रुपमा सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु