काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले सूचना जारी गरेको हो ।

त्रिविले स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षाका लागि योग्य परीक्षार्थीहरुको नमवली प्रकाशन गरिएको सम्बन्धी सूचना जारी गरेको छ ।

त्रिविले आफ्नो सूचनामा भनेको छ, ‘यस संकायअन्तर्गत सेमेष्टर प्रणालीमा आधारित स्नातक तह (सूचना तथा सञ्चार प्रविधि र विशेष आवश्यता शिक्षा) आठौँ सेमेष्टरको २०७८ साल असोज महिनामा सञ्चालन हुने मौका परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइन मार्फत तोकिएको म्यादभित्र भरेका आवेदकहरु मध्य देहायका परीक्षार्थीहरुको आवेदन स्वीकृत गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

अरु सबै सेमेष्टरका सबै विषयमा उत्तीर्ण भई आठौँ सेमेष्टरको बढीमा २ वटा विषयमा अनुत्तीर्ण परीक्षार्थीहरुको आवेदन मात्र स्वीकृत गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु