काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले सूचना जारी गरेको हो ।

त्रिविले परीक्षा स्थगन गरिएको सम्बन्धि सूचना प्रकाशित गरेको छ । त्रिविले जारी सूचनामा भनेको छ, ‘उपरोक्त सम्बन्धमा यस अध्ययन संस्थानद्धारा सञ्चालित पक्लिहवा क्याम्पस अन्र्तगत वि.भि.एस्सी. एण्ड ए.एच.एच. पाँचौँ वर्ष दोस्रो सत्रान्तका इन्टरशिपको मुल्यांकन तालिका यस अघि प्रकाशित सूचनामा मिति २०७८।०६।०८ देखि २०७८।०६।१० गतेसम्म राखिएकोमा उक्त क्याम्पसको असामान्य परीस्थितिमा क्याम्पस अनिश्चितकालीन बन्द भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त मूल्यांकनको कार्यक्रम स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु