काठमाडौं । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौस म विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिनभरी देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।

ति स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको मौसमबारे जानकारी दिदैँ महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

सम्बन्धित खबरहरु