काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छिन् । गएको वर्षको फागुन महिनाको पहिलो हप्ता उनले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता...अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं’ भनेर लेखेकी थिइन् ।

त्यस समयमा गायिका जोशीले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको उल्लेख गरेको भए पनि प्रेमीको अनुहार भने सार्वजनिक गरेकी थिइनन् ।

नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी उनका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बाहिर आएको थियो ।

तर अब त्यो खुल्दुलीको समय सकिएको छ । गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो ।

जोशी र केडियाले सामाजिक सञ्जालमा तस्विर साझा गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन् । सार्वजनिक भएको एक भिडियोमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औंठी लगाइरहेका छन् ।

तस्विर साझा गर्दै जोशीले क्याम्पसन लेखेकी छिन, ‘उसले(शरद) ले सोध्यो ‘के तिमी मसँग बिहे गर्छौ ?’ र मैले भने अवश्य ! म तिमीलाई माया गर्छु शरद !’ शरदले पनि भनेका छन्, ‘तिमी एक हौं, जसलाई म चाहन्थें, यो भन्न को लागी कि मलाई मेरो जीवन भर तिम्रो आवश्यकता छ, आजदेखि मेरो बाँकी जीवन सम्म ।’

सम्बन्धित खबरहरु