काठमाडौं । आगामी निर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभयो ।

यस विषयमा आफ्नो पार्टीले निर्णय नगरेको पनि जनाउनुभयो । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ भन्नु भएको हो ।

तपाईंलाई जानकारी गराउ कि प्रचण्ड र बादल दुवै चितवनका हुन् । उहाँले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि उल्लेख गर्नुभयो ।

पूर्वमाओवादी नेता बादलले माओवादीभित्रको अन्तरविरोध प्रष्ट देखिएको भन्दै त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहेको उहाँको भनाई रहेको छ ।

उहाँले भन्नुभयो, ‘कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ ।’

अर्कोतिर सभामुख अग्नि सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप बादलको छ ।

सभामुख सापकोटाले लोकतन्त्र, विधि उल्लंघन गरिराखेको उहाँ बताउनुभयो । अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आरोप लगाउनुभयो ।

सम्बन्धित खबरहरु