काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ परेका छन् ।

नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई प्रकाउ गरिएको हो । ति व्यक्तिलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । शुक्रबार बिहान अवलोकन गर्ने पुगेका व्यक्तिलाई उक्त कार्य गरेका हुन् ।

जानकारी अनुसार पक्राउ पर्नेमा पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले रहेका छन् । उनले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच निकाल्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिनुभयो ।

सिसा फुटाउँदा उनको हातमा समेत चोट लागेको छ । उनलाई अहिले सेनाले आफ्नो नियन्त्रणमा राखेको छ ।

सम्बन्धित खबरहरु