काठमाडौं । अदालतभित्र नै गोलाबारी भएपछि तीन जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय राजधानी दिल्लीको रोहिणी अदालत परिसरमा शुक्रबार गोलाबारी भएको हो । उक्त घटनामा जितेन्द्र गोगीको ज्यान गएको छ ।

सो काण्डमा गोगीसहित कुल तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । दैनिक भास्करका अनुसार ३ देखि ४ जना घाइते भएका छन् ।

रिपोर्ट अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रतिद्वन्द्वी राइवल टिल्लू गिरोहका दुई व्यक्तिहरु वकिलको भेषमा आएका थिए ।

उनीहरुले अदालतको कोठा नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि गोगीमाथि गोलाबारी गरेका हुन् । प्रहरीको विशेष दस्ताले जवाफी कारबाही गरेपछि उनीहरुको पनि मृत्यु भयो ।

यो घटनालाई लिएर भारतभर चर्चा भइरहेको छ । विश्वभर सामान्यतया अदालतमा यस्ता घटना एकदम कम मात्रै देख्न पाइन्छ ।

सम्बन्धित खबरहरु