काठमाडौ । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।

नेपालका अर्बपति विनोद चौधरीका भाई बसन्त चौधरीलाई हृदयघात भएको पुष्टि भएको हो ।

हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

सामान्य कपडा व्यापारबाट सुरु भएको थियो, चौधरी ग्रुपको व्यावसायिक यात्रा। एक सय ४० वर्षअघि विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी राणा खानदानका लागि घरघरमा पुगेर कपडा बेच्नुहुन्थ्यो ।

त्यही जगमा उभिएको चौधरी ग्रुप आज विश्वका डलर अर्बपतिहरूको क्लबमा सामेल छ— एक सय ७० अर्ब डलरको सम्पत्तिसहित। भुरामलले कोरेको व्यावसायिक गोरेटोलाई लूनकरणदासले चौडा बनाउनुभयो । र, उहाँका छोरा विनोद चौधरी र बसन्त चौधरीले त्यो व्यवसायलाई विश्वभर फैलाए ।

कपडा पसलबाट सुरु भएको नेपालकै पहिलो बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुपले ४० भन्दा बढी उद्योग सञ्चालन गर्छ। एफएमसीमात्र नभएर शिक्षा र स्वास्थ्यमा पनि ठूलो लगानी गरेको छ। सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी करिब एक सय ३० वर्षअघि नेपाल भित्रिनु भएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरको पालामा नेपालमा व्यापार व्यवसाय गर्न निम्तोमा आउनुभएका मंगल साहू (सुरज मलको परिवार) सँगै उहाँ काम गर्न नेपाल आउनुभएको थियो ।

मंगल साहूको कपडा गद्दीमा काम गर्ने भुरामल चौधरीले विसं १९९० मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरबाट पुरस्कारस्वरूप एउटा पसल पाउनुभयो । उक्त पसलले नै चौधरी ग्रुपको जग बसाल्यो।

विसं १९९० मा नेपालमा भूकम्प जाँदा उद्धार, उपचार र शिविर चलाएर जुद्धशमशेरको मन जितेका भुरामलले जुद्धसडक (अहिलेको विशालबजारको ठीकअगाडि) को पहिलो लहरमा पसल पाउनुभयो । उक्त पसलको नाम ‘भुरामल लूनकरणदास चौधरी’ राखियो। त्यहाँबाट संगठित कपडा पसलको सुरुआत भएको थियो।

 

सम्बन्धित खबरहरु