काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५५० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २० हजार २८७ जना छन् ।

सम्बन्धित खबरहरु