काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेको हो ।

त्रिविले सूचना जारी गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ आश्विन ११ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षा प्रणाली अन्तर्गत स्नातकोत्तर तह द्धितीय वर्षका परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्राप्त गर्न tuexam.edu.np मा लगइन गरी आफ्नो रजिष्ट्रेशन नम्बर इन्ट्री गर्नु पर्नेछ र सोही अनुसार कायम गरिएको परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस वर्ष आशिंक परीक्षार्थी मात्र सहभागी हुने र संख्या पनि कम भएको कारण परीक्षा केन्द्रहरुको संख्या पनि घटाइएको छ ।

साथै परीक्षा समय दिउँसो १२ः०० बजेदेखि ४ः०० बजेसम्म कायम भएको व्यहोरा सम्बन्धितथ सबैलाई सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु