काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण , बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा सञ्चालन हुने (२०७७ सालको) मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन (एम.वी.एस, एम.पी.ए.) संकाय तर्फका स्नातकोत्तर तह दाश्रो वर्ष क्याम्पस तथा प्राईभेट तर्फका आशिंक परीक्षाहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।’ परीक्षा समय १२ बजदेखि ४ बजेसम्म तोकिएको छ ।

साथै त्रिविले विशेष सूचना जारी गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ साल असोज ११ गतेदेखि सञ्चालन हुने मानविकी, व्यवस्थापन (एम.वि.एस., एम.पी.ए) र शिक्षाशास्त्र संकाय तर्फ दोश्रो वर्षका परीक्षा दिने क्याम्पसका आशिंक तथा प्राइभेट परीक्षा दिने केहि विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको छ भने भन्ने बुझिन आएकोले त्यस्ता विद्यार्थीहरुलाई यो सूचना प्रकाशित भएको मितिदेखि नै दोब्बर दस्तुरसहित परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ भदौ ३१ गते भित्र आवश्यक प्रक्रिया पुर्यार्ई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्नेछ र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुरसहित २०७८ भदौ ३० र ३१ गते (दुई दिन मात्र) परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक पुर्याइ परीक्षा आवेदन फारम भरी बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु