काठमाडौं । आज अचानक नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको खबर फैलियो । तर चौधरीको स्वास्थ्य अवस्थाको विषयमा नर्भिक अस्पतालले एक विज्ञप्ती जारी गर्दै उहाँको अवस्था गम्भीर नरहेको जनाएको छ ।

जारी विज्ञप्तिमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले हाल दुबईमा रहनु भएका चौधरीको हृदयघातका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको भन्ने समाचार पूर्ण रुपमा सत्य नभएको बताउनुभयो ।

अस्पतालले जारी गरेको बयानमा नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

उक्त समाचार ‘पूर्ण रूपमा’ सत्य नभएको जानकारी अस्पतालले जानकारी दिएको हो । चौधरी निजी प्रयोजनका लागि दुबई गएको र स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालले जानकारी गराएको छ । यस्तै चौधरी आफैंले पनि बयान जारी गर्नुभएको छ ।

उहाँले जारी गरेको बयानमा देश–विदेशका विभिन्न संचार माध्यमहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा देखाएको चासोको बारेमा केही स्पष्ट पार्नु जरूरी रहेको कुरा बताइएको हो । बयानमा चौधरीले भन्नु भएको छ, ‘गत हप्ता मुटुमा केही असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिएँ ।

त्यसपश्चात् दुबई स्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचार गर्न विशेषज्ञहरुले राय दिएको व्यहोरा सम्पूर्ण पत्रकार मित्रहरु तथा शुभचिन्तकहरुमा जानकारी गराउँदछु ।’

https://twitter.com/basant_cg/status/1441409969090449408

सम्बन्धित खबरहरु