काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर गरिएको हो । भारत, मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ ।

उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका हुन् । उजुरीकर्ताले शोको एक एपिसोडमा अदालतभित्र केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा रक्सी पिएको दृश्य देखाइएको थियो ।

यो मुद्दाको सुनुवाई अक्टोबर १ मा हुनेछ । उजुरीमा वकिलले सोनी टिभीमा प्रसारण हुने कपिल शर्मा शो धेरै बकवास भएको भन्दै महिलाहरुमाथि अपमानजनक टिप्पणी गर्ने गरिएको पनि आरोप लगाएका छन् ।

एउटा एपिसोडमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले रक्कसी पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६÷३ धारा अनुसार उजुरी दर्ताको माग गरेको छु ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु