लण्डन । सेल्वा हुसेन सधैं उनको पछाडि ६ किलोको झोला बोकेर हिँडिरहेकी हुन्छिन् । सुन्दापनि पत्याउन मुस्किल छ ।

त्यो झोलामा उनको आफ्नै मुटु छ । त्यही मुटुबाट उनको शरीर चलिरहेको छ । बेलायतकी सेल्वाले सन् २०१७ मा जीवन बचाउने मुटुको शल्यक्रिया गरेकी थिइन् ।

भित्र राखिएको मुटुले हरेक समय एकनास काम नगर्ने देखिएपछि आपतकालिन सर्पोटका लागि उनले आफ्नो प्राण राख्ने अर्को मुटु झोलामा बोकेर हिँड्न थालेकी हुन् ।

ब्याकप्याक ब्याट्री, एक बिजुली मोटर र एक पम्प सहित कृत्रिम मुटुको तौल ६ केजी पुगेको हो ।

यहाँ ट्यूबहरुको माध्यमबाट हावा उनको छातीमा प्लास्टिकको पाईप हुँदै पुग्छ । त्यसैले उनको शरीरमा रगत प्रवाह गरिरहेको हुन्छ ।

सेल्वा पहिलो ब्रिटेनकी महिला हुन् जसलाई पूर्ण कृत्रिम मुटुको सहायतामा अस्पतालबाट डिस्चार्ज गरियो।

उनको असामान्य कहानी जून २०१७ मा शुरू भयो । जब उनी अन्तिम सास फेर्दै थिइन्। उनलाई स्थानीय अस्पताल भर्ना गरिएको थियो त्यही बेला डाक्टरहरुले उनी मुटुको पूर्ण विफलताको शिकार बनिसकेको पत्ता लगायो ।

उनलाई चार दिनपछि हेयरफिल्ड अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकहरुले उनको जीवन बचाउन संघर्ष गरेका थिए ।

शल्यचिकित्सकले उनको रोगग्रस्त प्राकृतिक मुटु हटाए र यसमा एक कृत्रिम प्रत्यारोपण गरे । उनी अर्को ब्याकप्याकमा स्ट्यान्डबाई राख्न बाहिर अर्को मुटुपनि राख्ने योजना चिकित्सकले गरे ।

यो दुनियाँकै लागि नौलो प्रयास थियो । उनी अहिले दोस्रो मुटु झोलामा बोक्छिन् । पहिले राखेको मुटु बेला बेला असफल हुन्छ । असफल भए झोलामा बोकेकोले काम गर्न सुरु गर्छ ।

उनका पति वा अन्य हेरचाहकर्ता सधैं उनीसँग हुनु पर्छ । यदि त्यहाँ उनको भित्र रहेको मुटु फेल हुनासाथ बाहिर बोकेको मुटु चलाउन थाल्नुपर्ने हुन्छ । त्यो बेला उनीहरुसँग मात्र ९० सेकेन्ड समय हुन्छ । झोलाको मुटुलाई ब्याकअप मेसिनमा जडान गरिहाल्नुपर्छ ।

कृत्रिम मुटुले उनको शरीरको वरिपरि १३८ बीट प्रति मिनेटको गतिमा रगत चलाउँछ । यसले उनको छातीलाई कम्पन गराउँछ। उनको ब्याकप्याकमा मोटर लगातार चल्छ । पम्पबाट एक किसिमको आवाज आइरहेको हुन्छ ।

झोलामा जोडिएका दुई ठूला प्लास्टिक ट्यूबहरु उनको पेट को माध्यमबाट उनको शरीरमा प्रवेश र उनको छाती सम्म जोडिएको छ । यसले रगत धकेल्न एक साँचो मुटुको कोठा जस्तै काम गर्दछ।

सेल्वाको प्राकृतिक मुटुको परिक्षण गर्ने विशेषज्ञहरुका अनुसार उनलाई कार्डियोमायोपैथी भनिन्छ। यो मुटु ८६००० पाउण्ड अर्थात १ करोड ३९ लाख भन्दा बढी मूल्य परेको छ ।

यो कृत्रिम मुटु एक अमेरिकी कम्पनीले बनाएको थियो । कृत्रिम मुटु राख्न ६ घण्टाको शल्यक्रियाका क्रममा सेल्वाको शरीरमा फिट गरिएको थियो। शल्यक्रिया डा. डायना गार्सिया सायज र हेयरफील्ड प्रत्यारोपण शल्य चिकित्सा प्रमुख आन्द्रे साइमनको टीमले गरेको थियो ।

उनीसँग भेटेर जीवन बारे साक्षत्कार गर्न समय छुट्याईएको छ । छनोटमा पर्नेले भेटेरपनि अन्तरंग गर्न पाउनेछन् भने सामाजिक सञ्जालमा अधिकांशले कुराकानी गर्न पाउँनेछन् ।

सम्बन्धित खबरहरु