काठमाडौ । काठमाडौमा एकैठाउँ ९५ लाख भेटिएको छ । रकमसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाहिरबाट आउने सवारीसाधन थानकोटमा चेकजाँचका क्रममा उक्त परिमाणको नेपाली नगद बरामद गरेको हो ।

प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हायस गाडीमा सवार भारतको महाराष्ट्र निवासी २६ वर्षीय सागर मालीको साथबाट ४५ लाख र त्यही ठाउँका १९ वर्षीय कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रोत खुलाउन नसकेपछि प्रभागको टोलीले नगदसहित महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ ।

परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ । उक्त अवैध नेपाली रुपैयाँ उनीहरुले कहाँबाट ल्याएको भन्ने खुलिनसकेको बस्नेतले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु