काठमाडौं । अरुणाचल प्रदेशमा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे १९ बजे अरुणाचल प्रदेशको पांगिनमा ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

File Photo

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले यो जानकारी दिएको छ । यसअघि सेप्टेम्बर १९ मा अरुणाचलमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले अरुणाचलको चांगलाङ्गबाट ७० किलोमिटर उत्तर–पश्चिममा दिउँसो ३ः१७ मिनेटमा भूकम्पको धक्का महसुस भएको जानकारी दिएको थियो । त्यस भूकम्पको परिमाण ४.४ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पका कारण मानिसहरु त्रसित बनेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार एउटा बुलेटिन जारी गरी हालको विकसित कम चाप प्रणालीको उत्तरी आन्ध्र प्रदेश र नजिकैको दक्षिण ओडिशामा २६ सेप्टेम्बरको साँझसम्म चक्रवात हुने अनुमान लगाएको छ ।

आगामी १२ घण्टामा चक्रवात उत्तर आन्ध्र प्रदेश र वरपरको दक्षिण ओडिशा पार गर्ने सम्भावना रहेको छ । त्यसबाहेक, आईएमडीले दुबै स्थानहरुमा चक्रवातको लागी पहेँलो चेतावनी जारी गरेको छ ।

सम्बन्धित खबरहरु