काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताउनु भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उहाँको यस्तो बयान आएको हो । अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उहाँले उल्लेख गर्नुभयो ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले मुद्दा किनारा लागेको र रिटको पक्षमा अन्तरिम आदेश जारी नभएको बताउनुभयो । उहाँका अनुसार मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो ।

यसले एकीकृत समाजवादीलाई बाटो खुल्ला गर्दिएको छ । अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीको दाबी रहेको छ ।

सरकारमा कहिले सहभागी हुने भन्ने बारेमा उहाँले स्पष्ट पार्न सक्नु भएन् । एक फरक प्रशंगमा सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु