काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताउनु भएको छ । आफुले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताउनु भएको हो ।

काठमाडौं महानगरपालिका–१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेको आरोप लगाउनुभयो । नेतृत्वका कारण नै पार्टी लथालिंग अवस्थामा पुगेको उहाँको भनाई छ ।

फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने पनि उहाँले चेतावनी दिनुभयो ।

नेताहरुले प्रजातन्त्रका लागि त्याग, तपस्या, कुर्वानी गरेकोप्रति सम्मान भएको पनि उहाँले बताउनुभयो ।

तर अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न नमिल्ने उहाँको बुझाई रहेको छ ।

आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै उनले अब सभापति भएर काम गर्न चाहेको उल्लेख गर्नुभयो ।

पार्टीमा आमूल परिवर्तन ल्याउन फस्टम्यान हुनुपर्ने भन्दै पूर्वमहामन्त्री सिंहले पार्टीलाई संस्थागत गर्ने विश्वास दिलाउनुभयो ।

सम्बन्धित खबरहरु