काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७९० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७९० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

साथै पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित १९ हजार ७०० जना छन् ।

सम्बन्धित खबरहरु