काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएसँगै नयाँ शंका उत्पन्न भएको छ । सो घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बुको लाश फेला परेको थियो ।

लाशमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताउनुभयो । उहाँका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट बिहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा लाश फेला परेको थियो । लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ ।

राति १२ बजेसम्म डेरामा भएको मान्छेको लाश जंगलछेउमा कसरी पुग्यो भनेर शंका गरिएको छ । तर प्रहरीले सामान्य रुपमा लिएको छ । लाश आधा अपडा लगाएको अवस्थामा रहेको अवस्थामा फेला पारिएको थियो ।

स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको आफन्तको आरोप छ ।

शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउनु भएको छ ।

सम्बन्धित खबरहरु