काठमाडौं । कागेश्वरी मनोहराबाट ९ जुवाडे पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ ठूलाढिकबाट ९ जुवाडे पक्राउ परेका हुन् ।

शनिबार दिउँसो २ बजे प्रहरीले प्रदीप खड्काको घरबाट जुवाडेहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यस्को पुष्टि गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा–१ का दिनेश खड्का, सञ्जय तामाङ, विश्व खड्का, आशिक लामा, हर्कबहादुर तामाङ, शिवहरि खड्का, चक्रपथका दिनेश तामाङ र अर्जुन तामाङ रहेका छन् ।

जुवा अखडाबाट एक लाख ७ हजार १५० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

चाडबाडलक्षित विशेष सुरक्षा योजना अनुसार आपराधिक गतिविधिमाथि निगरानी बढाउने क्रममा जुवाडे पक्राउ गरिएको परिसरले जानकारी दिएको छ ।

अर्कोतिर गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बौद्धबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।

सम्बन्धित खबरहरु