काठमाडौं । हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाई महिनाअघि फरार भएका एक युवकलाई पक्राउ गरिएको हो ।

सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासत कक्षको ग्रिल फुटाएर फरार भएका पशुपति यादव पक्राउ परेका हुन् ।

पक्राउ पर्ने युवक नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भनिने पशुपति यादव रहेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।

लागुऔषध मुद्दामा यादव गत जेठ २० गते पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दियो ।

सम्बन्धित खबरहरु