काठमाडौं । एमाले केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने तयारी हुँदैछ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको हो ।

आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिनु हुनेछ ।

त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो ।

प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनु हुनेछ ।

केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

सम्बन्धित खबरहरु