काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । विराटनगर वारियर्स र चितवन टाइगर्सको खेल जारी रहेको छ ।

यो खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिले व्याटिङ गरिरहेको छ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने पक्षमा छन् ।

विराटनगर करण केसीको कप्तानीमा रहेको छ भने चितवनको कप्तानी सोमपाल कामीले गरिरहेका छन् ।

आजको दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज भिड्नेछन् ।

५० लाख रुपैयाँ पुरस्कार राशीको इपिएलको चौंथो संस्करणको उपाधिका लागि ६ फ्रेन्चाइज टिमबीच भिडन्त भइरहेको छ ।

हिजो सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु