काठमाडौं । नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन भएपछि हेडक्वाटरलले सूचना जारी गरेको छ ।

गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भन्दै सूचना सूचना प्रकाशित गरिएको हो । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी पनि दिइएको छ ।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत रहेका छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ ।

अन्यमा प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल रहनु भएको छ ।

सम्बन्धित खबरहरु