काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

मेगा बैङ्क नेपाल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको यो बैँकले स्थापनाको एक दशकमा आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ।

यो बैँकको मुख्य कार्यालय कमलादि स्थित राइजिङ मलमा रहेको छ। यो बैँक बैँक अफ द इयर २०१९ बन्न सफल भएको छ। यस बैङ्कले निक्षेपको साथै ऋण प्रदान गर्दै आइरहेको छ। यसको साथसाथै भिसा डेबिट कार्ड, लकर, होम बैँकिङ जस्ता अरु थुप्रै सेवाहरू यो बैँकले प्रदान गर्दछ।

सम्बन्धित खबरहरु