काठमाडौ । रुपन्देही तिलोत्तमामा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा सीताका माइती पक्षले उनको ज्यान लिइएको दावी गर्दै जाहेरी दिएर निरन्तर न्याय खोज्दै छन ।

रुपन्देही प्रहरीले सीताको आफैले जीवन फ्याल्न बाध्य बनाएको अभियोगमा भने प्रहरीले मुद्दा चलाएर २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा घटना गराएको जाहेरी दिएका थिए ।

भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृतअवस्थामा फेला परेकी थिइन् ।

मेडिकल परीक्षण रिपोर्टका आधारमा आफैले त्यो बाटो रोजेको प्रहरीले जवाफ दिए पनि मृतकका माइती पक्षले विश्वास गरिरहेका छैनन् ।

उनीहरुले त्यहाँ भेटिएका प्रमाण नै घरका मिलेर घटना गराएको पुष्टी हुने दावी गरिरहेका छन् । त्यहाँ घटना भएको नजिक शंकास्पद बस्तुहरु रहेको परिवारको दावी छ ।

सम्बन्धित खबरहरु