काठमाडौ । काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे ।

एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे ।

श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामाबाट खुकुरी निकाले र खुकुरीको साहाराले श्रीपेच निकाल्न खोजे ।

त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए ।

सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।

खेमबहादुरले ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’ भनेपछी राप्रपा का नेता सकुल शाहले आफ्नो मुख खोलेका छन् । उनले यो राजा फर्किने संकेत भएको दावी गरेका छन् । उनी पूर्व राजाबाट नै परिचालित भएको हुनसक्ने दावी उनको छ ।

सम्बन्धित खबरहरु